धेरैलाई थाहा नहुनसक्छ रिमा विश्वकर्माबारे यी कुरा !

काठमाडौँ। नेपाली फिल्म जगतकी चर्चित सेलिब्रिटी हुन् रिमा विश्वकर्मा । उनी मोडल, अभिनेत्री, भिजे, टेलिभिजन प्रस्तोता हुन् । नेपाल आइडलपछि त झन् उनको चर्चा चुलिएको थियो ।

उनको जन्म सन् १९८९ अगस्ट ५ बर्दियामा भएको थियो । उनको पिताको नाम बाबुराम विश्वकर्मा र माताको नाम विष्णु कुमारी विश्वकर्मा हो । उनले स्नातकसम्मको अध्ययन गरेकी छिन् ।

उनले नवरत्न मा विबाट एसएलसी दिएकी हुन् । उनले त्यसपछिको अध्ययन पिनाकल एकेडमीमा गरिन् ।

लामो समयदेखि काठमाडौँ बस्दै आइरहेकी उनले मोडलिङ लगायत अन्य विधामा आफुलाई व्यस्त राख्दै आइरहेकी छिन् ।

उनको पहिलो फिल्म स्वर हो । यो फिल्म सन् २०११ मा रिलिज भएको थियो । उनले जादाजादै कार्यक्रमबाट भिजे भएर काम गरिन् । उनलाई मनपर्ने अभिनेत्री केकी अधिकारी हुन् भने मनपर्ने अभिनेता आर्यान सिग्देल हुन् ।

उनको केही वर्ष अगाडि डि’भो’र्स भएको थियो । उनको सन् २०१५ मा रोवर्ट विश्वकर्मासँग विवाह भएको थियो । तर, दुई वर्षभित्रै नै उनीहरुबीच आपसी समझदारीको दुरी बढेको थियो । अन्ततः उनीहरुले डि’भो’र्स गरेका थिए ।