काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो, अब किराना पसल खोल्न नपाईने

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ ।

मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

योसँगै निषेधाज्ञा जेठ २९ गतेसम्म कायम भएको हो ।

आजबाट थपिएको निषेधाज्ञामा अब किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न नपाईने भएको छ ।

तर, सागसब्जी, फलफूल, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइने आदेश दिईएको छ ।