२४ घण्टामा ८ हजार ३८७ मा कोरोना संक्रमण पुष्टि १६९ जनाको मृ’त्यु

२४ घण्टामा देशभर ८ हजार ३८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।

यस्तै ६ हजार ४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको छ । क्वारेन्टाइनमा ९१४ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १६९ जनाको मृ’त्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ ।