प्रधानमन्त्री ओलीलाई एक वर्ष कैद र १० हजार जरिवानाको माग गर्दै डा. त्रिपाठी पुगे सर्वोच्च

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अदालतको मानहानीमा सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन।

उनले प्रधानमन्त्री ओलीलाइ एक वर्ष कैद र १० हजार जरिवानाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन हालेका हुन।

वरिष्ठ अधिवक्ता त्रिपाठीले मंगलबार अदालतको आदेश विपरीत प्रधानमन्त्री ओलीले पटक पटक प्रतिनिधि सभा विघटन गरेकाले हदैसम्मको करबाहीको माग गर्दै अदालतमा रिट निवेदन पेश गरेका हुन् ।

अदालतको आदेश उलंघन गर्दै संविधान विपरीत पटक-पटक प्रतिनिधि सभा विघटन गरेर अदालतको मानहानी गरेकाले निजलाई २४ घण्टा भित्र सशरीर अदालतमा उपस्थित गराइ एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गराइ पाउ भनी रिट हालेको त्रिपाठीले बताए।