संसारकै अग्लो भवन बुर्ज खलिफामा फहरायो नेपाली झण्डा

काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएइ)को दुबईमा रहेको संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा झिलिमिली हुने भएको छ ।

युएईको अबुधाबीस्थित नेपाली दूतावासले शुक्रवार राति स्थानीय समय अनुसार ९ बजेर १० मिनेट जाँदा प्रोजेक्टरमार्फत नेपाली झण्डा झिलिमिली पारिने जानकारी दिएको छ ।

संविधान तथा राष्ट्रिय दिवसको अवसरमा संसारकै अग्लो भवनमा नेपाली झण्डा झिलिमिली गराएर युएईले दुई देशबीच भाइचाराको सन्देश दिन खोजेको हो ।

यसअघि युएईले भारत, पाकिस्तान लगायतका अन्य देशहरूको स्वतन्त्रता दिवसका दिन बुर्ज खलिफामा झण्डा झिलिमिली गर्ने गरेको थियो ।