अक्सिजन सिलिन्डर खरिदमा मन्त्री आले ठगिए, दोब्बर मूल्यमा खरिद

काठमाडौं । वनमन्त्री प्रेमबहादुर आले अक्सिजन सिलिन्डर खरिदमा ठगिएका छन् । उनले १२ हजार बजार मूल्य पर्ने अक्सिजन सिलिन्डर २३ हजार रुपैयाँमा खरिद गरेका छन् ।

६० वटा सिलिन्डरको प्रति सिलिन्डर २३ हजारका दरले खरिद गर्दा भ्याट छुट्टै जोडिएको छ । भ्याटसमेत जोड्दा वनमन्त्री आलेले बजार मूल्यको दोब्बरभन्दा बढी रकम तिरेका छन् ।

नयाँ बानेश्वरस्थित विड म्यानेजमेन्टर लिमिटेडबाट आलेले अक्सिजन सिलिन्डर खरिद गरेका हुन् । सिलिन्डर चीनबाट आयात गरिएको हो । उनले सिलिन्डर डोटी अस्पतालमा हस्तान्तरण गरेका छन् ।