आयुष्यमानले गर्भवती श्रीमतीको स्याहार गरेको भिडिओ चर्चामा

नायिका प्रियंका कार्की यतिबेला गर्भवती छिन् । प्राय आफ्ना गतिविधि सामाजिक सञ्जालमा निकै चर्चामा आउँछन् । उनले सेयर गर्ने तस्बिरहरू सामाजिक सञ्जालमा निकै ट्रोल पनि बन्ने गर्छन् ।

यसैबिच पछिल्लो समय प्रियंकाका सबैजसो तस्बिरले सामाजिक सञ्जालमा तहल्का नै मच्चाइरहेका छन् । आफ्ना फ्यानका लागी प्रियंका र उनका श्रीमान् नायक आयुष्मान् देशराज जोशीले आफूहरू गर्भवती भएको भन्दै सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरे । जुन तस्बिर निकै चर्चामा रह्यो ।

पछि पेटमा रहेको बच्चा लाई जुस खुवाउन खोजेको दृश्य ट्रोल पनि बन्यो । प्रियंकाले हलिउड बलिउडमा हुने गतिविधिलाई फलो गर्दै पनि आएकी छिन् । यसैबिच अहिले प्रियंका र आयुष्यमानले आफ्ना विभिन्न गतिविधिहरू युट्युबमा अपलोड गर्दै आएका छन् । ब्लग बनाएर दुबैजनाले कम्तीमा एक साताको अन्तरमा भिडिओ अपलोड गर्दै आएका छन् ।

यसैबिच आयुष्यमानले एक दिन अघि एक भिडियो बनाएर अपलोड गरेका छन् जुन युट्युबमा बितेको ४८ घण्टामा झन्डै साढे ६ लाखले हेरेका छन् । यो समाचार तयार पार्दासम्म उक्त भिडिओ ६ लाख ३४ हजार बढी पटक हेरिएको छ ।

भिडिओमा प्रियंका बिहान उठे देखी साँझसम्म गर्ने गतिविधिलाई समेटिएको छ । आयुष्यमानले बिहानी प्रियंकालाई उठाए देखी खाना बनाएर खुवाएका छन् । साथै उनले प्रियंकाको खुट्टा मालिस गरिदिएका छन् ।

१ हजार ७९० जनाले प्रतिक्रिया दिएको उक्त भिडि‌ओमा धेरैले आयुष्यमानको आमाले छोरालाई सिकाएको संस्कारको खुलेर प्रशंसा गरेका छन् । गायत्री श्रेष्ठ लेख्छिन् यति बुझ्ने संस्कारी छोरा हुनुमा सबभन्दा बढी हात आमाको हुन्छ ।रबिना म्याम लाई स्यालुट ।यहाँ सम्म ल्याउने महान् आमा लाई पनि आफ्नो प्रेमिकालाई जस्तै माया र केयर गर्नु होला। त्यस्तै रेश्मा गुरुङ लेख्छिन् “आयुष्मान् दाइ यु आर द बेष्ट एक्जाम्पल अफ हस्बेन्ड”