शिवहरी पौड्यालको स्वास्थ्यमा सुधार

कोरोना भाइरस संक्रमणपछि अस्पताल भर्ना भएका कलाकार शिवहरि पौडेलको स्वास्थमा सुधार आएको अस्पतालले जनाएको छ।

केही दिन अगाडि स्वास्थ्य स्थिति बिग्रीएर आइसियूमा उनको उपचार भईरहेको थियो। हाल अक्सिजन लगाएको भए पनि स्वास्थ्य राम्रो भईरहेको अस्पतालले जनाएको छ।

बलम्बुस्थित नेपाल एपिएफ अस्पतालमा उपचार गराइरहेका पौड्याललाई क्याबिन वार्डमा सार्न लागिएको अस्पतालले जनाएको छ। उनलाई केही दिन अस्पतालमा नै राखिने छ ।