उपत्यकामा बैंकका ६ वटा शाखा मात्र खोलिने

नेपाल राष्ट्र बैैंकले काठमाडौं उपत्यका भित्र एउटा बैंकको ६ वटा मात्र शाखा खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकको अनुसार बाणिज्य बैंकहरुले काठमाडौं जिल्लामा ३, भक्तपुरमा १ र ललितपुरमा २ वाट शाखा खोल्न पाउने छन् ।

यसैगरी, विकास बैंकहरुले काठमाडौं जिल्लामा २ वटा र भक्तपुर र ललितपुरमा १÷१ वटा शाखा मात्रै खोल्न पाउने भएका छन् । ‘ग’ वर्गका फाइनान्सहरुले तीन वटै जिल्लामा एक÷एक वटा मात्रै शाखा कार्यालय सञ्चालन गर्न पाउने भएका छन् ।

राष्ट्र बैंकले संस्थाको केन्द्रीय कार्यालयहरु संचालन गर्ने र अत्यावश्क बैंकिङ सेवाको लागि बन्द रहेका शाखा कार्यालयहरुमा सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने बैकल्पिक शाखा, खुला रहने शाखा समय अवधि सुचना दैनिक प्रकाशन गर्न समेत आग्रह गरेको छ ।