सगरमाथाको सफल आरोहण गरेका बहराइनी राजकुमार खलिफाले भेटे स्वाथ्यमन्त्रीलाई

विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि रोइअल् बडिगार्डसहित बहराइनका राजकुमार शेख नसेर बिन हमिद अल खलिफाले सोमबार स्वाथ्यामन्त्रीलाई भेटेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको भेटमा मन्त्री हृदेश त्रिपाठीले राजकुमार खलिफलाई बधाई दिएका थिए। स्वास्थ्य मन्त्रीले खलिफाले ल्याएको खोप पनि प्रयोग भइसकेको जानकारी दिएको खलिफाले बताएका छन्।

उनले भने, ‘स्वास्थ्य मन्त्रीसँग भेटघाट भयो। उहाँले बधाई दिनु भयो र हामीले ल्याएको खोप पनि अप्रुभ भएर प्रयोग भइसकेको जानकारी दिनुभयो।’

सगरमाथाको उचाईँ बढेपछि चुचुरोमा पुग्ने राजकुमारको टोली दोश्रो हो। सगरमाथा आरोहणका लागि राजकुमार खलिफाससिहतको टोली चैत २ गते नेपाल आइपुगेका थियो। उनी १६ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन्।

राजकुमार खलिफाको टोली ७९ दिने भ्रमणका लागि नेपाल आएको थियो। यसअघि सन् २०२० अक्टोबरमा सो टोलीले लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्व आरोहण गरेको थिए।