पार्टीमा सामूहिक बला’त्कारपछि एयरहोस्टेसको मृ’त्यु, ११ जना आरोपीलाई सफाइ

सन् २०२० को अन्तिम रातमा आयोजित न्यू इयर पार्टीमा सामूहिक बला’त्कारमा परेर ज्यान गुमाएकी एक एयरहोस्टेसलाई बला’त्कार गरेको अभियोगमा मुद्दा चलाइएका ११ जनालाई सफाइ दिइएको छ ।

ती एयरहोस्टेसको शव होटलको कोठाको बाथटबमा फेला परेको थियो । पीडित एयरहोस्टेस क्रिस्टिन एन्जेलिका डासेरा फिलिपिन्सको माकातीस्थित सिटी गार्डेन होटलको कोठामा नयाँ वर्षको दिन मृत फेला परेकी थिइन् ।

२३ वर्षीया क्रिस्टिनलाई अस्पताल लगिएकोमा उनलाई मृत घोषित गरिएको थियो । त्यसपछि पुलिसले त्यस रात उनीसँग भएका ११ जनालाई बला’त्कार र ह’त्याको आरोपमा प’क्राउ गरेको थियो ।

तीमध्ये तीन जनालाई भने प’क्राउ गरेलगत्तै थप अनुसन्धान जारी राख्नेगरी छाडिएको थियो । अहिले माकाती सिटी प्रोसिक्युटर कार्यालयले यी ११ जनाविरुद्धको मुद्दा ‘सम्भावित कारणको अभाव’ भएको भन्दै खारेज गरेको छ ।

सिएनएन फिलिपिन्सले प्राप्त गरेका कानुनी दस्तावेजका अनुसार असिस्टेन्ट प्रोसिक्युटर जोन सान्तिलानले यो केसमा प्राप्त प्रमाण यसलाई बला’त्कार ह’त्या वा बला’त्कारको साथमा ह’त्या ठहर गर्नको लागि पर्याप्त नभएको बताएका छन् । आरोपीहरु सबैले आफूमाथि लागेका आरोप अस्वीकार गरेका थिए ।

रिपोर्टका अनुसार नेशनल ब्युरो अफ इन्भेस्टिगेसनमा अर्को छुट्टै उजुरीमा भने अनुसन्धान भइरहेको छ । यसअघि पीडितकी आमा शारोनले फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेसँग न्यायका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् । ‘म यस्तो अरु कुनै महिलासँग होस् भन्ने चाहन्न’ उनले भनिन् ‘क्रिस्टिन यो क्रुरताको लायक थिइनन् ।’