जनकपुरमा बाबुराम भट्टराईको पुत्ला दहन

धनुषा । जनता समाजवादी पार्टीका सङ्घिय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईको महन्त-राजेन्द्र पक्षले पुत्ला दहन गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष डा. भट्टराईले जसपा नेपालका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारमा जानेका लागि व्यङ्ग्यात्मक ट्विट गरेको भन्दै अध्यक्ष ठकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले हिजो साझ जनकपुरको तपसी चोकमा पुतला दहन गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहको अगुवाइमा अध्यक्ष डा. भट्टराईको पुतलादहन गर्दै डा. भट्टराई मधेश बिरोधि रहेको आरोप समेत लगाए ।
ट्विटमा व्यङ्ग्यात्मक गलत टिप्पणी गरेको भन्दै महन्त ठाकुर र राजेन्द्र महतोको कार्टुन सेयर गरेको अर्को दिन आक्रोशित हुदै पुत्ला दहन गरेको हो ।