‘मध्यरातमा प्रधानन्यायाधीशलाई बालुवाटार बोलाउनु शुभ सङ्केत होइन’ – बाबुराम

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका नेता डा बाबुराम भट्टराईले मध्यरातमा प्रधानन्यायाधीश बालुवाटार बोलाइनु शुभ संकेत नरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सोमबार बालुवाटारस्थित निवासमा बोलाएर आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । त्यसैको टिप्पणीमा डा भट्टराईले राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान तथा लोकतन्त्र नै मास्ने खेल हुन नहुने बताउनुभएको हो ।

‘प्रधानन्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला लोकतन्त्रका लागि शुभ संकेत हैनन्,’ उहाँले भन्नुभएको छ, ‘खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो, त्यो नियम/नजीर बन्न सक्दैन । राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस् !’