एक रुपैयाँ घु’स खाएको पत्ता लागे बर्दी खोल्छु : एसएसपी राई

ललितपुर। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले आफूले कसैबाट एक रुपैयाँ पनि घु’स लिएको पत्ता लागे बर्दी फुकालेर प्रहरी सेवाबाट बिदा हुने बताएका छन् ।

एक साताअघि मात्रै ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी पाएका उनले बिहीबार आफ्नाे कार्यालयमा पत्रकार सम्मेलन गरी उनले सो कुरा बताएका हुन् । सो क्रममा उनले आफ्नाे योजना समेत सुनाए ।

ललितपुरको दक्षिण भेगमा भएको ढुंगाखानीबाट ललितपुर प्रहरीले मोटो रकम लिएर खानी सञ्चालन गर्न दिदै आएको आरोप लाग्ने गरेको प्रसंग पत्रकारहरुले निकालेका थिए । सो क्रममा राईले भने, ‘अहिलेसम्म कसैबाट एक रुपैयाँ लिएको छैन, र लिने पनि छैन । मेरो स्ट्रेन्थ मध्ये यो पनि एक हो ।’

२०५१ सालमा प्रहरी सेवामा प्रवेश गरेका उनले ललितपुरमा कानुन वि’परीत क्रसर तथा ढुंगाखानी सञ्चालन भएको पाइए कारबाही गरिने बताए । उनले प्रहरीमा उ’जुरी दिने उ’जुरीकर्ताले उजुरी लेखेबापत लेखापढी गर्न बसेका व्यक्तिहरुलाई पैसा तिर्दै आएकामा अब ती व्यक्तिहरुलाई पनि हटा’इने बताए ।

उजुरीका लागि विभिन्न प्रकारका नमुना फारम प्रहरीले नै कम्युटरमा टाइप गरी प्रिन्ट गरेर उजुरीकर्तालाई फोटो कपी दिने व्यवस्था गरिने उनको भनाइ छ । उनले प्रहरी भित्र हुने आन्तरिक शुद्धिकरणमा पनि आफू क’टिबद्ध भएको बताए ।