मलाई कारबाहीबारे केही थाहा छैन : रामकुमारी झाँक्री

नेकपा एमालेको खनाल–नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले आफूलाई कारबाही गरेकोबारे थाहा नभएको बताएकी छिन् ।

एमाले स्थायी कमिटी बैठकले कारबाही गरेलगतै उनले आफूलाई स्पष्टीकरण पत्र पनि प्राप्त नभएको बताइन् ।

“कारबाहीबारे मलाई केही थाहा छैन । स्पष्टीकरणबारे पनि थाहा छैन । स्पष्टीकरण कहाँ सोधे पनि थाहा भएन ।

गुटले गरेको कारबाही हो । ८–१० को बैठक बसेर राजनीतिक रूपमा अहसमती राख्नेलाई कारबाही हुन्छ र ? त्यसो भए त हामीले पनि केपी ओलीलाई कारबाही गरे भयाे नि,” उनले भनिन् ।