निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर विदेशीलाई नागरिकता चकलेट बाँडे जस्तो गर्नलाई हो कि?

पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई चकलेट बाँडे जस्तै बाँड्नलाई हो कि ? भन्दै प्रश्न गरेका छन् ।

ओलीले त्यसबारे जनतालाई जवाफ दिनुपर्ने भन्दै राष्ट्रय जोगाउन सक्रिय हुन आव्हान समेत गरे । रावलले वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको खबर उल्लेख गर्दै ओलीको कदमप्रति आशंका गरे ।

रावलले आज ट्वीट गर्दै लेखेका छन्ः

विरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो।प्रमं केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई होकि?नेपाली जनतालाई जवाफ चाहियो।सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं!