काठमाडौँसहित विभिन्न स्थानमा मृत अवस्थामा ५ जना फेला

काठमाडौँसहित विभिन्न स्थानमा मृत अवस्थामा ५ जना फेला परेका छन् ।

काठमाडौं महानगरपालिका-८ पशुपतिस्थित किरातेश्वर मन्दिर नजिक हाल नाम, थर, वतन नखुलकी अन्दाजी ४६ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी बागलुङको काठेखोला गाउँपालिका-१ चनौटे बस्ने दुर्गा बहादुर थापाकी छोरी १७ वर्षीया छाया थापा सोही ठाउँस्थित अक्षेते खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् भने बाराको जितपुर सिमरा उपमहानगरपालिका-४ औराह बस्ने ४० वर्षीय प्रकाश उप्रेती आफ्नै पुरानो घर र नवनिर्मित घरको जगको चेपमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

उता चितवनको भरतपुर महानगरपालिका-१ ठिमुरास्थित मानव सेवा केन्द्रमा ५६ वर्षीय जीवन राना मगर आइतबार मृत अवस्थामा फेला परेका छन् । मोरङको सुनबर्षी नगरपालिका-३ भेलाईस्थित बाटो छेउको नालीमा पनि संखुवासभा मादीमुलखर्क-२ घर भएका ६० वर्षीय वीर बहादुर तामाङ सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।