आज मुलुकभर सार्वजनिक बिदा

काठमाडौं । संविधान दिवसको अवसरमा संघीय सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको छ । संविधान घोषणा भएको दिनको सम्भावनामा उत्सव मनाउन सरकारले देशभर बिदा दिने निर्णय गरेको हो । २०७२ असोज ३ गते गणतान्त्रिक संविधान जारी भएको अवसरमा शुक्रबार सरकारले सार्वजनिक बिदा दिएको छ । सरकारी कर्मचारीले भने कार्यक्षेत्रमा संविधान दिवसको उत्सव मनाउन सहभागी हुनुपर्ने भएको छ ।

संविधान दिवसको अवसरमा सरकारले हनुमानढोका, पाटन र भक्तपुरमा रहेका राष्ट्रिय संग्रहालय निःशुल्क प्रवेश गर्न दिने निर्णय समेत गरेको छ । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भने, ‘हनुमानढोका, पाटन र राष्ट्रिय संग्रहालय प्रवेशमा भोलि शुल्क लिइने छैन ।’ संविधान दिवसकै अवसरमा सरकारले २८२ कैदीलाई माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

नेपालको संविधानको २०७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम भीमबहादुर शेर्पासमेत २८२ जना कै’दीको कै’द, द’ण्ड ज’रिवाना, बिगो र सर्वस्वसहितको बाँकी कैद स’जाय माफी दिने सम्बन्धमा राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारले जनाएको छ ।