बास्कोटाको व्यंग्य– पञ्चायत माग्न अदालत गएछन्

कपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले नेता माधवकुमार नेपालमाथि बहुदलीय व्यवस्थामा निर्दलीय प्रणाली माग्न अदालत गएको आरोप लगाएका छन् ।

बास्कोटाले भनेका छन्–सुधारिएको पञ्चायतको माग गर्न लोकतन्त्रका दुईहस्ती (दरवारमा निवेदन हाल्ने र दरवारमै प्रजातन्त्र बुझाउने) अदालत गएछन।बहुदलमा निर्दलको माग !

एमालेका २३ सांसदसहित देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट दर्ता गरे लगत्तै बास्कोटाले सुधारिएको पञ्चायतको माग गर्न लोकतन्त्रका दुई हस्ती अदालत गएको टिप्पणी गरेका हुन् ।