बिरामीलाई अक्सिजन ल्याउन पठाउने अस्पताललाई कारबाही गर्छौं : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का बिरामीलाई अक्सिजन ल्याउन पठाउने अस्पताललाई कारबाही गर्ने जनाएको छ। 

कतिपय अस्पतालले बिरामीलाई नै अक्सिजनको व्यवस्था गर्न पठाएपछि मन्त्रालयले यस्तो चेतावनी दिएको हो। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ बारे जानकारी दिन सोमबार पत्रकार सम्मेलन आयोजना गरेका थिए।

मन्त्रालयले २ जेठमै बिरामीका लागि अस्पताललाई नै अक्सिजनको व्यवस्था गर्न निर्देशन दिएको थियो। तर, कतिपय अस्पतालले पर्याप्त अक्सिजन दिन नसकेपछि बिरामीहरूले व्यवस्था गर्ने गरेका छन्।