अमेरिकाले चीनमाथि परमाणु हमला गर्ने विचार गरेको रिपोर्टको दाबी

अमेरिकी सैन्य रणनीतिकारले सन् १९५८ मा ताइवानको सुरक्षाका लागि चीनमाथि परमाणु हमलाका लागि जोड दिएका थिए ।

‘पेन्टागन पेपर्स’ बाट चर्चित भएका अमेरिकाका पूर्व सैन्य विश्लेषक डेनियल एल्बर्गले गोप्य दस्तावेजका केही हिस्सालाई अनलाइन पोस्ट गर्दै यस्तो दाबी गरेका छन् ।

दाबी गरिए अनुसार त्यतिबेला अमेरिकी सैन्य रणनीतिकारले तत्कालीन सोभियत संघले परमाणु हतियारमार्फत् आफ्नो सहयोगी चीनलाई सहयोग गर्ने मान्यता राखेका थिए । यसमा ठूलो संख्यामा मानिसहरुको ज्यान जान सक्थ्यो ।

अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्समा छापिएको यो रिपोर्ट अनुसार अमेरिकी रणनीतिकार ताइवानको रक्षाका लागि यो मूल्य चुकाउनका लागि पनि तयार थिए ।

डेनियल एल्बर्गले जुन गोप्य दस्तावेजका केही हिस्सा सार्वजनिक गरेका छन् त्यसको केही हिस्सा पहिलो पटक सन् १९७५ मा सार्वजनिक भएका थिए ।

९० वर्षीया एल्सबर्ग सन् १९७१ मा त्यतिबेला चर्चामा आएका थिए जब उनले भियतनाम युद्धसँग सम्बन्धित एउटा अति नै गोप्य शोधलाई अमेरिकी मिडियामा लिक गराएका थिए । यसलाई पेन्टागन पेपर्सको नामले पनि चिनिन्छ ।

एल्सबर्गले द टाइम्सलाई दिएको जानकारी अनुसार उनले सन् १९७० को दशकको सुरुवाती वर्षमा ताइवान संकटसँग जोडिएको अति नै गोप्य शोधलाई कपी गरेका थिए तर अब उनले यसलाई यसकारण जारी गरिरहेका छन् किनभने ताइवानको विषयमा अमेरिका र चीनमा यतिबेला अत्यधिक तनाव छ ।

दस्तावेजका लेखकका अनुसार त्यतिबेला जोइन्ट चीफ अफ स्टाफ जनरल नाथन ट्विनिङले यो स्पष्ट पारिदिएका थिए कि यदि कुनै आक्रमण भएको भए अमेरिकाले चीनको सफल हवाई प्रतिबन्धयुक्त अभियानलाई रोक्नका लागि चीनको हवाई स्थलमा परमाणु हतियारको प्रयोग गर्ने थियो ।

दस्तावेजमा ट्वीनिङलाई उद्धृत गर्दै भनिएको छ – यदि यसो गर्दा हमला रोकिँदैन भने चीनभित्र उत्तरमा शंघाईसम्म गएर परमाणु हमला गर्नुभन्दा अर्को कुनै विकल्प थिएन ।

तर यो मामिलामा अमेरिकी राष्ट्रपति डीडी आइजनहावरले पारम्परिक हतियारमाथि विश्वास गर्ने निर्णय गरे ।

सन् १९५८ मा संकट त्यतिबेला समाप्त भयो जब चिनियाँ सेनाले ताइवानको नियन्त्रण भएको द्वीपमा तोपखानाको हमलालाई रोकिदियो । यो क्षेत्रलाई च्यांग काई–शेकको अधिन राष्ट्रवाली शक्तिको नियन्त्रणमा छोडियो ।

चीन ताइवानलाई आफ्नो अधिन मान्छ । अमेरिका वर्ष सन् १९७९ देखि नै चीनलाई मान्यता दिन्छ तर ताइवानलाई आफ्नो महत्वपूर्ण सहयोगी मान्छ ।

अन्य थुप्रै देशजस्तै अमेरिकाको ताइवानसँग कूटनीतिक सम्बन्ध छैन । तर एक कानून अन्तर्गत अमेरिका ताइवानको आत्मरक्षाका लागि सहायता गर्न सक्छ ।

हालै अमेरिकाले ताइवानको विषयमा चीनको लगातारको बढ्दो आक्रामक व्यवहारका लागि चेतावनी दिएका थिए । चीन ताइवानलाई एक चीन नीति अन्तर्गत आफ्नो हिस्सा मान्छ जबकी ताइवान आफूलाई एक सम्प्रभु राष्ट्र मान्छ ।

सन् १९४९ मा चीनमा गृहयुद्धको समाप्तिपछि चीन र ताइवानमा भिन्न भिन्न सरकार रहेको छ । हालैका वर्षमा तनाव बढेको छ र चीनले ताइवानलाई आफ्नो कब्जामा लिनका लागि बल प्रयोग गरेको कुरामा अस्वीकार गरेको छैन ।

यद्यपि, ताइवानलाई केही मात्रै देशले आधिकारिक रुपमा मान्यता दिएको छ तर यसको लोकतान्त्रिक रुपमा छानिएको सरकारको थुप्रै देशसँग बलियो व्यावसायिक र अनौपचारिक सम्बन्ध छ ।

थुप्रै देशजस्तै अमेरिकाको ताइवानसँग कुनै कुटनीतिक सम्बन्ध छैन तर अमेरिकाको एउटा कानूनले यो अधिकार दिन्छ कि अमेरिका ताइवानलाई आफ्नो सुरक्षा गर्न मद्दत गरोस् ।

बीबीसी