बाबुरामको टिप्पणी : ‘ओली-विद्या प्रतिक्रान्ति विरूद्धको यो वारपारको लडाईँ हो, खुट्टा नकपाउँ’

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवी भण्डारीको प्रतिक्रान्ति विरुद्ध कानूनी तथा राजनीतिक लडाईँमा एकताबद्ध भएर उभिन सबै राजनीतिक दल, नागरिक आन्दोलनकारी र आम जनमूदायलाई अपिल गरेका छन् ।

विपक्षी गठबन्धनका १४६ सांसदहरु आज सर्वोच्च अदालत गएका छन् । तर, डा. भट्टराईले आफू भने स्वास्थ्य अवस्था कारा आज प्रत्यक्ष उपस्थित् हुन नसकेको जनाउँदै क्षमा मागेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्-“स्वास्थ्यस्थितिका कारण सर्वोच्च अदालतमा प्रत्यक्ष उपस्थित हुन नसकेकोमा क्षमाप्रार्थी हुदै ओली-विद्या प्रतिक्रान्ति विरूद्धको कानूनी तथा राजनीतिक लडाइॅमा एकताबद्ध भएर उभिन सबै राजनीतिक दल,नागरिक आन्दोलनकारी र आम जनसमुदायमा हार्दिक अपील गर्दछु।यो वारपारको लडाइॅ हो;खुट्टा नकपाऊॅ!”