५४ प्रतिशत सांसद आएका छौं, सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गर्छ : गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रतिनिधि सभाका बहुमत सदस्यको माग बमोजिम सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने दाबी गरेका छन् ।

सर्वोच्च अदालतको यसअघिको फैसलाका कारण पनि प्रतिनिधिसभा पुनःस्थापना हुने दाबी उनले गरे ।

पटक–पटक न्यायालय आउनुपर्ने अवस्था दुर्भाग्यपूर्ण हो । हामीलाई के विश्वास छ भने संविधानको धारा र व्याख्याको कारणले गर्दा संसद पुनःस्थापना हुन्छ ।

५४ प्रतिशत सदस्यले आफैं उभिएर योभन्दा दायाँबायाँको कुरा देख्दिनँ,’ थापाले भने ।

बहुमत सांसदसहित आफूहरू सर्वोच्च आएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी गलत सावित भएको दाबी गरे ।