दीलिप र रमितले बाँडे भुटानी शरणार्थीलाई राहत

अभिनेताद्वय दीलिप रायमाझी र रमित ढुंगानाले भुटानी शरणार्थी शिविरका १७ सय घर धुरीलाई खाद्यन्न वितरण गरेका छन् ।

पूर्वी मोरङ जिल्लाको पथ्री–शनिश्चरेमा रहेको ‘शिविरमा उनीहरुले इन्ट्रा–नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को तर्फबाट राहत पुर्याएका हुन् । नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको टिमबाट यो संस्था बनेको हो ।

शिविरमा प्रति व्यक्ति १० केजी चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो दालको दरले आफुले खाद्यान्न वितरण गरेको रायमाझीले बताए । गतवर्ष समेत राहात बितरण गरेको यो संस्थाले यो बर्ष पनि सहयोग गरेको हो ।

राहतका लागि अभिनेता रायमाझी र ढुङ्गाना आफै शिविर पुगेका थिए । शिविरका ८० वर्ष नाघेका वृद्धवृद्धालाई वृद्धभत्ता र अशक्त व्यक्तिलाई हरेक महिना भत्ता दिने तयारी संस्थाले रायमाझीले सुनाए । भने ‘राहत वितरणको क्रममा भुटानी शरणार्थीले नेपाली नागरिकताको माग समेत गरेका छन् ।’

अभिनेता रमित ढुंगानाले भुटानी शरणार्थी नेपाली नै भएको र उनीहरुलाई नेपाली नागरिकता प्रदान गर्न सम्बन्धित निकायमा आफू आवाज उठाउने तरखरमा रहेको बताए । फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी रहेका छन् ।