राष्ट्रपतिको कदम विरुद्ध हुम्लामा नेविसंघको मसाल जुलुस

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदकाे सिरिसमा गर्नुभएकाे अलोकतान्त्रिक र गैर संवैधानिक कदम विरुद्ध हुम्लाको सदरमुकाम सिमकोटमा नेविसंघले विरोध स्वरूप मसाल जुलुस प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्य समिति हुम्लाको आयोजनामा राष्ट्रपतिको अलोकतान्त्रिक कदमको विरोध गर्दै मसाल जुलुस प्रदर्शन गरेको हो ।

सदरमुकाम सिमकोट बजारका एर्पोट चोकबाट निस्किएको मसाल जुलुस सहितको -यालीमा विद्यार्थीहरूले गैर संवैधानिक कदम विरुद्ध नाराबाजी लगाउदै काली चोकमा पुगेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुल्ता समेत जलाईएको छ ।

आईतबार बेलुका सिमकोटमा गरिएको विरोध मसाल जुलुसमा विद्यार्थीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै विरोध प्रदर्शन गरेको नेपाल बिद्यार्थि संघ हुम्लाले जनाएको छ ।