‘रानीखेत’ रोगले लाखौं कुखुरा मरे

रानीखेत रोगको प्रकोपका कारण कुखुरा उत्पादक किसान घटेका छन् । विगत ४/५ महीनायता रानीखेत रोगले देशव्यापी रूपमा क्षति पु¥याएर लाखौं कुखुरा मरेपछि अधिकांश कुखुरापालकले कुखुरा पाल्न छाडेका हुन् ।

रानीखेत रोग पारामेक्सो प्रजातिको भाइरसका कारण कुखुरामा लाग्ने एक प्रकारको सरुवा रोग हो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरका अनुसार यतिबेला रोग केही हदसम्म नियन्त्रणमा आएको भएपनि यसअघि त्यसले कुखुरामा पु¥याएको क्षतिका कारणले किसानहरूले फेरि कुखुरा पाल्ने आँट गर्न सकेका छैनन् ।

प्रयोगशालाका अधिकृत पशु चिकित्सक डा. नव श्रेष्ठले रानिखेतको क्षतिका कारण मात्रै करीब २० प्रतिशत किसानले कुखुरा पाल्न छाडेको बताए ।रोगका कारण देशभरमा के कति क्षति भयो त्यसको यकिन तथ्यांक संकलन नभए पनि लाखौं कखुरा मरेको र त्यसबाट करोडौं रुपैयाँ क्षति भएको हुनसक्ने उनले दाबी गरे ।

‘किसानलाई आर्थिक क्षति त छँदै छ त्यस सँगसँगै उनीहरू मानसिक रूपमा समेत कमजोर बनेकाले कखुरा पाल्नै डराइरहेका छन,’ उनले भने । यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।