अमेरिकामा गो’ली चल्दा तीन जनाको मृ’त्यु, पाँच घाइते

ओहायो- अमेरिकाको ओहायोस्थित योङ्सटाउनमा गो’ली चल्दा तीन व्यक्तिको मृ’त्यु भएको छ। घटनामा कम्तीमा पाँच व्यक्ति घाइते भएका छन्।

पीडितहरुलाई सेन्ट एलिजाबेथ योङ्सटाउन अस्पताल लगिएको छ। योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेंट रदरफोर्ड भने, ‘आइतबार बिहानै २ बजेको समयमा एउटा बारमा गो’ली चलेको खबरपछि प्रहरीलाई योङ्सटाउनको टर्च क्लब बार बोलाइएको थियो।’

सीएनएनका अनुसार सम्भावित संदिग्ध व्यक्तिहरू वा गोली चल्नुको कारणबारे प्रहरीले अन्य कुनै विवरण उपलब्ध गराएको छैन। घटनास्थललाई प्रहरीले घेरेर अनुसन्धान थालेको बताइएको छ।