‘मण्डलेहरु होसियार राजाको का’ट्टो खाने दिन गए’ – दिलनिसानी

काठमाडौं। सामाजिक सञ्जालमा निकै भाइरल हुने एउटा पात्र हुन् दिल निसानी मगर । उनी पेशाले सञ्चारकर्मी हुन् । उनले सामाजिक सञ्जालमा गरेको एउटा कमेन्टको पनि निकै चर्चा हुन्छ । उनका समर्थक र आ’लोकच दुवै धेरै छन् । पछिल्लो समय नेपालगन्ज विमानस्थलमा आफुलाई भ्र’ष्टा’चार वि’रोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले गरेको अ’भद्र ब्यवहारको उनले निकै चर्को आ’लोचना गरेका छन् । सो घ’टना हुँदा आफु काठमाडौंमा नभएको बताउँदै सामाजिक सञ्जालमा लेखेका मगरले बुधवार एक सार्वजनिक कार्यक्रममा शाही लगायतका केही ब्यक्तिका बारेमा निकै चर्को अभिब्यक्ति दिएका छन् । उनले लोकतन्त्र वि’रोधी केही मण्डले प्रवृत्तीको गतिविधि बढेको भन्दै पूर्वराजालाई फर्काउन सकिन्छ की भनेर केही तत्व लागेको बताए ।

उनले शाहीका सहयोगी सुरेन्द्र भण्डारीलाई ज’न्तु उपनाम दिँदै भारतवाट नक्कली सर्टिफिकेट ल्याएर डाक्टर भएको तिखो टिप्पणी गरे । उनले पूर्व राजाको का’ट्टो खान भन्दै ज्ञानेन्द्र शाहीलाई बोक्दै हिँडेको टिप्पणी गरे । राजतन्त्र फर्काउनु पर्छ भन्ने गद्दारहरुलाई नाँ’गेझार पार्नुपर्ने बताए । उनले पछिल्लो समय गणतन्त्र र राज्यको ब्यवस्था माथि चौतर्फी रुपमा घेराबन्दी भइरहेको बताएका छन् । उनले सामाजिक सञ्जालको प्रयोग गरेर गणतन्त्र माथि प्र’हार भइरहेको बताए ।

राज्यब्यवस्थालाई चुनाती दिँदै संघिय लोकतान्त्रिक गणतन्त्र ठिक छैन भन्दै म’रेका प्रे’तआत्मालाई ब्युझाउन खोजेको टिप्पणी गरे । यो सोह्रश्राद्धमा त्यस्ता पित्रि’लाई फिर्ता ल्याउने होइन, मृ’त्यु भइसकेको राजसंस्थालाई फिर्ता ल्याउन मिल्दैन उनले भने, यो काममा बालकृष्ण न्यौपाने नामका वयोवृद्ध बाजे लागेका छन् । उनले न्यौपाने राजतन्त्रका बेलामा कम्युनिष्ट सिध्याउन लागेको ब्यक्ति भएको बताए । उनले भने उनलाई लाग्यो होला राजा आउलान र कहिले काँही राजाले दिएको का’ट्टो खान पाइन्छकी भन्ने लाग्यो होला । न्यौपाने वाजे अब तपाईको राजाको का’ट्टो खाने दिन गए । अब घरमै नातीनातिनीलाई खेलाएर घरमै बस्नोछ । राजतन्त्र ल्याउने सपना नदेख्न उनले न्यौपानेलाई चे’तावनी दिए ।