उपाधि जितेको मैदानबाट रुँदै सुआरेजले गरे भिडियो कल, कोसँग के भने ?

स्पेनिस ला लिगाा फुटबलको उपाधि एथ्लेटिको मड्रिडले जितेको छ। कडा टक्करकाबीच अन्तिम दिनको खेलमा जित निकाल्दै एथ्लेटिकोले उपाधि जितेको हो।

एथ्लेटिकोलाई उपाधि दिलाउन स्ट्राइकर लुइस सुआरेजले महत्त्वपूर्ण योगदान दिए। उपाधिका लागि निर्णायक खेलको निर्णायक दोस्रो गोल पनि सुआरेजले नै गरेका हुन्।

उपाधि जितेसँगै भावुक बनेका सुआरेजले धेरै फुटबलप्रेमीलाई स्तब्ध बनाए। बार्सिलोनाबाट अपमानित बहिगर्मन खेपेका सुआरेजको प्रदर्शनले एथ्लेटिकोलाई उपाधि दिलाउन ठूलो योगदान दियो।

उपाधि जित्नेबित्तिकै सुआरेजले मैदानबाट रुँदै आफ्नो परिवारसँग भिडियो कल गरेका थिए। उनले जितको खुशी आफ्नो पविारसँग साटेका हुन्। उनले उपाधि जितेसँगै बार्सिलोनाले आफूलाई गरेको व्यवहारप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्।

‘बार्सिलोनाले मलाई महत्त्व दिएन र एथ्लेटिकोले मेरो लागि ढोका खोलिदियो,’ उनले भनेका छन्, ‘मलाई विश्वास गरेकामा म यो क्लबसँग सधैं आभारी रहनेछु।’