‘जबसम्म डमरूमाथि ख’तरा हुन्न भन्ने लाग्छ तबसम्म बघिनी चुप बस्छ’

काठमाडौं । क’ठोर राजतन्त्र र पञ्यायतको विरोध गर्दा त्यो बेलाको शासन सत्ताले वि’रोध गर्नेलाइ जेल हाल्थ्यो । त्यस्तै अब गणतन्त्रको पनि विरोध गर्नेलाइ सरकारले नियान्त्रणमा लिने प्रधानमन्त्री केपी शर्मा ओलीले खुल्ला कार्यक्रमबाटै चे’तावनी दिएका छन् ।

बुधबार सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसदको नयाँ भवनको शिलान्यास कार्य्रकममा बोल्दै प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलन सकिएकाले गणतन्त्रको विरोधमा बोल्न नहुने बताए । ‘केहीले संघीय लोकतान्त्रिक गणतन्त्रवि’रुद्ध आवाज उठाउन कोसिस गरिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘गणतन्त्रमाथि धावा बोल्न थालियो भने सरकार चुप लागेर बस्दैन, एक्सनमा जान्छ ।’

‘जबसम्म डमरूमाथि ख’तरा हुन्न भन्ने लाग्छ तबसम्म बघिनी चुप बस्छ’, उनले भने, ‘त्यस्तै लोकतन्त्र र गणतन्त्रमाथि खतरा आयो भने सरकार चुप लागेर बस्दैन। त्यसका लागि तीव्र विकासलाई अगाडि बढाउँछौं।’ उनले गणतन्त्रमाथि जोखिम भएमा सरकारले नियन्त्रणकारी भूमिका खेल्ने पनि बताए ।

‘यदि त्यस्तो भयो भने हामीले नियन्त्रणकारी भूमिका पनि खेल्नुपर्ने हुनसक्छ’, उनले थपे, ‘अब देशमा हिंसाको कुनै ठाउँ नै छैन। यो बिलकुल वितण्डाको बाटो मात्रै हो।’ देशले सबै राजनीतिक उपलब्धि गरिसकेकाले अब हिंसाको कुनै अर्थ नभएको उनले बताए।

‘हिं’सामा गएर के प्राप्ति गर्ने हो रु संघीयता, आवधिक निर्वाचन, लोकतन्त्र, गणतन्त्र सबै प्राप्त भइसकेका छन्’, ओलीले भने, ‘हिं’सा लु’टपाट र जनतालाई दुस्ख दिने काम सह्‍य हुँदैन।’ उनले अब हत्या हिंसा छाडेर देश विकासमा अघि बढ्नुपर्ने उनले बताए।

‘कतिपयलाई चमडीको मायाले प्रतिब’न्ध लगाउँदा किन यो गरेको भन्छन्, तर त्यो मानिँदैन’, उनले भने, ‘अब देश विकास र सुशासनको बाटोमा जान जरुरी छ। म यसका लागि सबैलाई आह्वान गर्छु। हिंसा र वितण्डा गर्छौ भन्‍ने हो भने सरकारले नियन्त्रण गर्नुपर्ने हुन्छ।’