विष्णु रिजाल भन्छन्– दुई एमाले विगतमा चलेनन्, फेरि चल्लान् र ?

नेकपा (एमाले) विभाजनको दिशातिर अग्रसर भएका बेला पार्टी विदेश विभाग उपप्रमुख विष्णु रिजालले विभक्त दल चल्न नसक्ने बताएका छन् ।

उनले ट्विटरमा विगतमा उदाहरण दिँदै त्यस्तो धारणा राखेका हुन् । उनले ट्विटरमा लेखेका छन्, “एमाले संकटको डिलमा पुगेको छ । अरू त हुँदै गर्ला, एउटा कुरा पक्का छ– फुटेर बनेको पार्टी नेपालमा चलेको इतिहास छैन ।

नबिर्सौँ– विगतमा दुई कांग्रेस चलेनन्, दुई एमाले चलेनन्, दुई माओवादी चलेनन्, दुई राप्रपा चलेनन्, दुई मधेसी दल चलेनन्, दुई विवेकशील चलेनन् । फेरि दुई एमाले चल्लान् र ?”