को हुन् नेकपा एकीकृत दर्ता गराउने माधव नेपाल निकट युवा नेता जीवन राई

नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको छ । वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ।

निर्वाचन आयोग स्रोतका अनुसार नेकपा (एकीकृत)को उपाध्यक्षमा कल्पना गुरुङ,महासचिव विनोद खुला,सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको पदाधिकारी दर्ता भएका छन्।

माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला नेपाल निकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै माधव नेपालको पार्टी बन्न सक्ने अनुमान गरिएको छ।

राईले भने आफूले नेताहरुसँग सल्लाह नगरी पार्टी दर्ता गरेको बताए । अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएदेखि पार्टीमा कुनै जिम्मेवारी नपाएकाले आफूहरुले अलग पार्टी दर्ता गरेको उनको भनाइ छ।

संखुवासभा जिल्लाका बासिन्दा रहेका राई नविना लामा अनेरास्ववियुको अध्यक्ष जित्दा उनको विपक्षी प्यानलबाट उपाध्यक्षमा हारेका थिए । उनी एमालेभित्र जुझारु युवा नेता मानिन्छन्।

महासचिव बनेका खुलाल अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुबाट राजनीति गरेका हुन् । उनी २०६५ सालको स्ववियु चुनावमा सभापतिबाट बागी उम्मेवार बनेका थिए।

अनेरास्ववियुका पूर्वनेता जीवन राई अध्यक्ष रहेको पार्टीको नाम नेकपा (एकीकृत) र चुनाव चिन्ह कमल राखिएको छ। पशुपति क्याम्पसका पूर्व नेता राई एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट मान्छिन्।

संखुवासभाका राईले शुक्रबार नयाँ दल दर्ता लागि निवेदन दिएका हुन्। दर्ता प्रक्रिया सकिएपछि थप कुरा बताउँने छु’ राईले भने।

नेकपा एकीकृतको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेका छन्। कार्यसमिति २५ सदस्यीय रहेको छ ।

यो पनि पढ्नुस्

माधव नेपालनिकट एक युवाले दिए नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन