प्रधानमन्त्रीको प्रस्ताव : हैसियत अनुसार मन्त्रालय लिनुस्, चुनावी सरकारमा आउनुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यही सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका हुन् ।

उनले अघि भने, ‘७ वटा मन्त्रालय खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ ।

दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।’

यो पनि पढ्नुस्

माधव नेपाल गुटले तमासा गर्‍यो : ओली

‘अध्यादेशमार्फत बजेट आउँछ’ – प्रधानमन्त्री

‘राष्ट्रपतिको अधिकारमाथि कहीँ उजुर लाग्दैन’ – प्रधानमन्त्री ओली

‘कांग्रेसले पनि प्रचण्डपथ अपनाउन खोज्यो’ – प्रधानमन्त्री ओली

कांग्रेस सभापति देउवाले राष्ट्रपतिसमक्ष कीर्ते हस्ताक्षर बुझाएको प्रधानमन्त्रीको आरोप