प्रधानमन्त्रीको दाबी : चुनाव अगाडि नै सबैलाई कोरोना खोप

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने प्रयासमा सरकार रहेको बताएका छन् ।

आइतबार बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि जनाए ।

‘जनतालाई भावनामा बगाएर सार्वभौमसत्ता प्रयोग गर्नबाट बन्चित गराउनु सेन्टिमेन्टल ब्याकमेलिङ हो’ उनले भने, ‘सार्वभौसमत्ताको प्रयोग र उपचार पाउने हक बेग्लाबेग्लै हो ।’

जनताको उपचार पाउने हकको सम्मान गर्न सरकार दिनरात लागि परेको प्रधानमन्त्री ओलीले बताए । तर जनताले भोटलाई केही कुरासँग पनि नसाट्ने भन्दै उनले भने, ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ गर्न खोजिएको छ । यो अभियानका पछाडि दूषित उद्देश्यका ब्लाकमेलरहरु छन् । जनता यसबाट अलमलिनु हुँदैन ।’

यो पनि पढ्नुस्

माधव नेपाल गुटले तमासा गर्‍यो : ओली

‘अध्यादेशमार्फत बजेट आउँछ’ – प्रधानमन्त्री

‘राष्ट्रपतिको अधिकारमाथि कहीँ उजुर लाग्दैन’ – प्रधानमन्त्री ओली

‘कांग्रेसले पनि प्रचण्डपथ अपनाउन खोज्यो’ – प्रधानमन्त्री ओली

कांग्रेस सभापति देउवाले राष्ट्रपतिसमक्ष कीर्ते हस्ताक्षर बुझाएको प्रधानमन्त्रीको आरोप