माधव नेपाल गुटले तमासा गर्‍यो : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल गुटले तमासा गरेर पार्टी फुटाउन खोजेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस चौतारीमा आवद्ध पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

“माधव नेपाल गुटले तमासा गर्‍यो । पहिले कांग्रेसमा छत्तिसे र चौहत्तरे थिए, अहिले त्यस्तै देखिँदैछ,” उनले भने, “पार्टी फुटाउनै छ भने सफल हुन दिँदैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने ” विश्वासको मत लिन्छु भनेर संसद् आह्वान भयो । त्यसपछि माओवादीले समर्थन फिर्ता लिएँ भन्यो । माओवादीले समर्थन फिर्ता लिएपछि एक दलको मात्रै सरकार बन्यो ।”

यो पनि पढ्नुस्

प्रधानमन्त्रीको दाबी : चुनाव अगाडि नै सबैलाई कोरोना खोप

‘अध्यादेशमार्फत बजेट आउँछ’ – प्रधानमन्त्री

‘राष्ट्रपतिको अधिकारमाथि कहीँ उजुर लाग्दैन’ – प्रधानमन्त्री ओली

‘कांग्रेसले पनि प्रचण्डपथ अपनाउन खोज्यो’ – प्रधानमन्त्री ओली

कांग्रेस सभापति देउवाले राष्ट्रपतिसमक्ष कीर्ते हस्ताक्षर बुझाएको प्रधानमन्त्रीको आरोप