यी हुन् प्रतिनिधि सभा विघटनको विरुद्धमा रिट दायर गर्न हस्ताक्षर गर्ने माधव नेपालपक्षीय १८ सांसद (सूचीसहि)

प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गर्नका लागि नेकपा एमाले झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका १८ सांसदले हस्ताक्षर गरेका छन् ।

विघटित प्रतिनिधि सभामा एमालेका तर्फबाट प्रतिनिधित्व गरेका माधव नेपाल पक्षीय सांसद झपटबहादुर रावलले दिएको जानकारी अनुसार रिटको पक्षमा १९ सांसद उभिएका छन् ।

१८ जनाले हस्ताक्षर गरेको भनी सूची समेत बाहिरिएको छ । अन्य केही हस्ताक्षर संकलन हुने क्रममा रहेको रावलले बताए । मेटमणि चौधरी दाङमा रहेकाले उनले पनि हस्ताक्षर गर्न बाँकी रहेको रावलको भनाइ छ ।

खनाल-नेपाल पक्षीय प्रभावशाली नेता सुरेन्द्र पाण्डे संसद् भवन पुगे पनि हस्ताक्षर नगरी फर्किएका थिए ।

यी हुन् रिटको पक्षमा लागेका संसदहरू :

झलनाथ खनाल
माधवकुमार नेपाल
भीम रावल
घनश्याम भुसाल
जीवनराम श्रेष्ठ
कृष्णलाल महर्जन
विरोध खतिवडा
झपटबहादुर रावल
निरादेवी जैरु
सोमप्रसाद पाण्डेय
सरलाकुमारी यादव
कल्याणी खड्का
लक्ष्मीकुमारी चौधरी
कलिला खातुन
रामकुमारी झाँक्री
पुष्पा कर्ण
भवानीप्रसाद खापुङ