कांग्रेस सभापति देउवाले राष्ट्रपतिसमक्ष कीर्ते हस्ताक्षर बुझाएको प्रधानमन्त्रीको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री दाबी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष कीर्ते हस्ताक्षर बुझाएको आरोप लगाउनुभएको छ ।

आइतबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बाल्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाउनुभएको हो । त्यस्तै, उहाँले कांग्रेस पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको सत्ता कब्जाको पथमा गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनीहरू त हिजो लोकतान्त्रिक प्रणलीका विरूद्ध हतियार उठाएर गएका थिए । पछिल्लो समय ट्याक्टिकल मुभ गरेर पनि उनीहरूको उद्देश्य सत्ता कब्जा नै हो ।

तर, आफूलाई प्रजातान्त्रिक भन्ने नेपाली कांग्रेस पनिप्रचण्डपथ अंगिकार गरेर कुदेको जस्तो लाग्छ ।’ त्यस्तै, कांग्रेस नेता पुष्पा भुषालले प्रधानमन्त्री ओलीले गराउने चुनावमा आफूहरू सहभागी नहुने भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उहाँले भन्नुभयो, ‘उहाँले हिजोमात्रै भनेको सुने, ओलीले गरेको चुनावमा हामी सहभागी हुँदैनौं रे । कसले गर्ने चुनावमा जानुहुन्छ त उहाँहरू । आफूले चुनाव गराउने भए त जनताबाट मत ल्याएर आउनु पथ्र्यो नि !’