श्रीमानले दाउ प्रहार गर्दा श्रीमती घाइते

श्रीमतीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा एक पुरुष प’क्राउ परेका छन् ।

आफ्नै श्रीमती ३६ वर्षीया झड्कन राजबंशीलाई धारिलो हतियार दाउ प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा भद्रपुर नगरपालिका–९ प्वाँतुबारी बस्ने ४१ वर्षीय देव कुमार राजबंशीलाई शुक्रबार साँझ प्रहरीले प’क्राउ गरेको हो ।

राजबंशीले घरायसी बिवादमा आफ्नै श्रीमती झड्कनलाई दाउ प्रहार गर्दा गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी घोडामारा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई प’क्राउ गरेको बताएको छ ।

घाइते झड्कनलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।