पूर्वमिस नेपालकी आमालाई पनि सांसदबाट पदमुक्त गर्ने तयारी

प्रतिनिधि सभा विघटन भएपछि २६७ जना सांसदहरुको पद गएको छ । सबै निलम्बित भएका छन् ।

सांसद पद जानेमा विरोध खतिवडा पनि थिए । उनी मकवानपुरबाट नेकपा एमालेका निर्वाचित सांसद हुन् ।

खतिवडा पूर्वमिस नेपाल श्रृंखला खतिवडाकी पिता हुन् । श्रृंखलाकी आमा मुनु सिग्देल पनि प्रदेश सभा सांसद हुन् ।

विरोध र मुनु दुवै माधवकुमार नेपाल पक्षधर हुन् । मुनुमाथि एमाले बागमती प्रदेशको संसदीय बोर्डले कारबाहीको तयारी गरेको छ ।

उनी १४ जना कारबाहीको सूचीमा रहेकामा परेकी छिन् । आजसम्म स्पष्टिकरण बुझाउने समय तोकिएको छ ।

तर, उनीहरुमाथि साँझ या भोलिसम्म कारबाही गरी सांसद पदबाट मुक्त गर्न पत्र लेख्ने तयारी भइसकेको छ ।