‘कोरोनाबाट डाक्टरको ज्यान गए एक करोड क्षतिपूर्ति दिन्छौं’

कोरोना भाइरसको संक्रमणबाट दिल्लीमा कुनै डाक्टरको मृ’त्यु भएका तिनका परिवारलाई एक करोड भारु क्षतिपूर्ति दिने दिल्ली सरकारले घोषणा गरेको छ।

एकहप्ता लकडाउन बढाउने जानकारी दिँदै दिल्लीका मुख्यमन्त्री केजरीवालले कोरोनाबाट अस्पतालमा कार्यरत डाक्टरको मृ’त्यु भएमा एक करोड क्षतिपूर्ति दिइने बताएका हुन्।

केजरीवालले दिल्लीमा लकडाउनले कोरोना संक्रमणको मामिला पहिलेभन्दा ३६ प्रतिशतले घटाएको जानकारी दिँदै ३१ मेसम्म लकडाउन लागू हुने बताए।

यसअघि केजरीवालले कोरोना कहर अवधिभर दिल्लीका नागरिकलाई निशुल्क रासन र मासिक पाँच हजार दिने घोषणा गरेका थिए।