कोरोना महामारी शुरू भएदेखि नै सत्ता परिवर्तनको खेल खेल्न थालियो : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कोरोना महामारी शुरु भएदेखि नै सत्ता परिवर्तनको खेल शुरू भएको बताएका छन् ।

आइतवार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले व्यक्तिगत स्वार्थमा केन्द्रित भई सरकारको विरोध गरेको टिप्पणी गरेका हुन् । उनले भनेका छन्,जतिबेला कोभिडका विरुद्ध आफ्ना प्रयासहरू केन्द्रित गर्नुपर्ने हो, त्यो भन्दा समस्या खडिा गरिएका यही मौकाको फाइदा लिएर सरकारका कामहरू ओझेलमा पार्ने, चरित्र ह’त्या गर्ने काम भयो ।

मलाई आश्चर्य लाग्छ, सामन्तवादी कुसँस्कारको त्यो भन्दा अवान्छित प्रभाव के होला ? उनले अहिले सरकार यसविरुद्ध लडिरहेको बताए । उनले अहिले राजनीतिक झमेला, गालीगलौज, चरित्रह’त्या, अपशब्दजस्ता स्तरहीन कुराहरूलाई सामाजिक सँस्कार र सँस्कृति बनाउने प्रयाश भएको बताए । उनले भने ‘यो देशका निम्ति नै, हाम्रो गौरवपूर्ण सभ्यताका निम्ति नै दुखद पक्ष हो ।’

उनले कोभिड १९ विरुद्ध लड्न राजनीतिक दल, नागरिक समाज लगायत सबैलाई आह्वान गरे । उनले भने,‘म अहिले पनि आह्वान गर्न चाहन्छु, हामी हाम्रो सम्पूर्ण राष्ट्रिय सामथ्र्य कोभिड १९ विरुद्धको लडाईंमा केन्द्रित गरौं ।’