राष्ट्रपतिले पद र ओहदाअनुसारको काम गर्नुभएन : प्रकाशमान सिंह

काँग्रेस नेता प्रकाशमान सिंहले राष्ट्रपति विद्यादेवी भण्डारीले पद र ओहदा अनुसारको जिम्मेवारी पुरा नगरेको आरोप लगाएका छन् ।

नेता सिंहले नयाँ सरकार गठनका लागि विपक्षी सांसदहरुले प्रक्रिया पुर्याएर बहुमत सांसदको हस्ताक्षर नै पेश गर्दा अस्वीकार गर्नु गैरजिम्मेवार र संविधान विपरित भएको बताए । उनले राष्ट्रपति जिम्मेवार नबन्दा संसद विघटन भएको भन्दै त्यसलाई अदालतमार्फत सच्चाउने कममा दलहरु लागेको बताए ।

शुक्रबार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई पत्र बुझाएका थिए ।

जिम्मेवारीमा रहेकाहरुले गैरजिम्मेवारी काम गर्दा कस्तो असर गर्छ भन्ने प्रमाण हो यो’, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले भने ‘प्रधानमन्त्री प्रधानमन्त्रीले दिउँसै हात उठाएको हो । लगत्तै राष्ट्रपतिकहाँ गएर मेरो पनि दावी छ भनेछन्, अनि विपक्षीले गरेको दावी अस्वीकार गर्न मिल्छ ?’

ओलीसँग विश्वासको मत लिँदा नै ९३ जना भन्दा बढी सांसद नदेखिएको भन्दै विपक्षीहरुले १४९ जना पुर्याउँदा प्रमाण पनि प्रमाण नपुगे त यो पुगेन भनेर भन्नुपर्नेमा त्यसो नगरिएको सिंहको भनाई छ ।

‘के प्रमाण पुगेन ? मध्यरातमा अनुमानका भरमा वदनियतपूर्ण तवरले यसो गरिएको छ । हामी जिम्मेवार प्रतिपक्ष भएकाले संविधानको प्रहार हुँदा विगतदेखि नै भुमिका निभाउँदै आएका छौ । अहिले पनि निभाउँछौ । त्यही भएर अदालत जान लागेका हौ’ सिंहको भनाई छ ।