प्रधानमन्त्रीको सकारात्मक इच्छाशक्ति देखेर श्वेता खड्का दंग ! भेटेर के भनिन् ?

काठमाडौं। समाजसेवी तथा अभिनेत्री श्वेता खड्काले मंग्लवार प्रधानमन्त्री ओलीलाई भेटेकी छिन् । प्रधानमन्त्रीलाई भेटेर नायिका खड्काले सिन्धुपाल्चोक स्थित निर्माण भइरहेको माझी बस्तीबारे कुरा राखेकी हुन् ।

नायिका खड्काले प्रधानमन्त्री ओलीको विकासप्रेमी व्क्तब्य सुनेर उनी दंग परेकि स्ट्याटस सहित आफ्नो अफिसियल फेसबुकमा यस्तो लेखेकी छिन्:

“हिजो , सम्माननीय प्रधानमन्त्री के पि शर्मा ओली ज्युसंग भेट्ने शुभ अवसर जुर्‍यो । भेटका अवसरमा सिन्धुपाल्चोकमा निर्माणाधिन एकिकृत नमुना माझी बस्तीको बारेमा कुरा भयो । भेटका क्रममा उहाँले प्रकट गर्नु भएको सकारात्मक बिचार र द्रुढ इक्ष्याशक्ती र देखेर म त दङ्ग भएँ । प्रधानमन्त्री ज्युबाट प्राप्त हौसला र उत्साहरुपी उर्जाका शब्दहरुले म भित्र भिन्नै जाँगर थपिदिएको छ । ५३ घर माझी परिवारका लागी एउटा सुन्दर बस्ती बनाउने यो अभियानमा सबै तह , सबै तप्का र सबै पक्षलाई जोड्ने मेरो प्रयास जारी छ । लौन त , राजनैतिक द्रेश र अतिवादी सोचलाई पैताला मुनी कुल्चिएर सामाजिक बिकासको पाटोमा हामी सबैले साझा पाईला चाल्ने कि ! Shweta Khadka”