नेपालमा २ अर्ब ७० करोडको तयारी औषधि आयात

काठमाडौं । वैशाखदेखि जेठको पहिलो हप्तासम्म २ अर्ब ७० करोड रुपैयाँ बराबरको औषधिजन्य वस्तु आयात भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

गत बैशाख १ गतेदेखि जेठ ६ गतेसम्मको आयातको विवरण सार्वजनिक गर्दै मन्त्रालयले कुल २ अर्ब ७० करोड ३ लाख ७० हजार रुपैयाँ बराबरको तयारी औषधि आयात भएको जनाएको हो ।

विभागका अनुसार यस्तो आयात जेठको पहिलो हप्तामा मात्रै ६ करोड ८३ लाख रुपैयाँ बराबरको रहेको जनाएको छ । त्यस्तै सोही अवधिमा ७९ करोड ६५ लाख ७० हजार रुपैयाँ बराबरको औषधिजन्य कच्चा पदार्थ समेत आयात भएको विभागले जनाएको छ ।

यता कोभिड–१९ को तिब्र संक्रमण रोकथाम र उपचारलाई विशेष प्राथमिकता दिने उद्देश्यले सरकारले स्वास्थ्य सम्बन्धित औषधि, मेडिकल सामाग्री तथा उपकरणहरुको आयातमा तिब्र भन्सार जाँच पासको सुविधा प्रदान गरेको छ ।