बदलाको राजनीतिले सही गन्तब्यमा पुर्‍याउँदैन,आफ्नो विगत हेरौं, धैर्य गरौं : योगेश भट्टराई

पूर्व मन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेता योगेश कुमार भट्टराईले कारबाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सही गन्तव्यमा नपुर्‍याउने दावी गरेका छन् ।

उनले आइतवार मध्यान्हमा फेसबूकमा स्टाटस लेख्दै कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा नपुर्‍याएको भन्दै यस्तो बताएका हुन् ।

उनले पौराणिक वा आधुनिक बेलाको युद्धको शिक्षा पनि यही भएको बताएका छन् ।

उनले भनेका छन्, ‘सबैले आफ्नो विगत हेरौं, धैर्य गरौं, संवाद गरौं ।’