नेविसंघद्वारा राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार

प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाएका छन्।

‘ओली–विद्या गठबन्धन’ ले मध्यरातमा संविधानको चीरहरण गरेको विरोधमा सांकेतिक विरोध स्वरुप उनीहरुलाई गोबर उपहार पठाइएको नेविसंघले जनाएको छ।

बानेश्वरमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर लत्पत्याएर विरोध जनाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेविसंघले त्रिपाठीको रिहाइको माग गरेको छ। प्रतिनिधिसभा विघटनका विरुद्ध विपक्षी दलका कार्यकर्ताहरुले निषेधाज्ञाकैबीच सांकेतिक प्रदर्शन गरिरहेका छन्।