सर्वोच्चमा रिट दायर गर्न कानुनी तयारी गर्दै विपक्षी दलहरु, कानुन व्यवसायीसँग परामर्श जारी

काठमाडौं । नेकपा(एमाले)मा केपी शर्मा ओलीबाट लखेटिएका माधव नेपाल समूहले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । नयाँ पार्टी गठन आफुहरुको बाध्यता भएको उनीहरुको भनाई छ ।

यसैबीच नेता नेपाल निकट बिद्यार्थी नेता जीवन राईले निर्वाचन आयोगमा नेकपा(एकीकृत) नामक पार्टी दर्ता गरेका छन् । नेताहरुकै निर्देशनमा उनले सो पार्टी दर्ता गरिएको बुझिएको छ । पार्टीको चुनाव चिन्ह कलम छ ।

शुक्रबार पार्टी दर्ताका लागि निवेदन दिइएकोमा प्रमाणपत्र भने दिइएको छैन । चुनाव चिन्ह कलम दावी गरे पनि आयोगले निर्णय गरिसकेको छैन ।