कोरोना संक्रमणबाट वरिष्ठ अधिवक्ता रेग्मीको निधन

कोभिड–१९ संक्रमणबाट बरिष्ठ अधिवक्ता हिरा रेग्मीको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा गएराती १ बजे उनको निधन भएको हो ।

कोभिड–१९ संक्रमण भएपछि नेपाल प्रहरी अस्पताल भर्ना भएका रेग्मीलाई पछि नर्भिक अस्पतालमा सारिएको थियो ।

रेग्मी पत्नी सपना ढुंगेलको पनि कोभिड संक्रमणका कारण १४ दिनअघि नेपाल प्रहरी अस्पतालमा निधन भएको थियो ।