सिन्धुलीमा ओलीको पुत्ला दहन

असंवैधानिक तबरबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै सिन्धुली कांग्रेसका यूवाहरुले शनिबार साँझ प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् ।

सरकार बन्ने अवस्था हुँदाहुँदै संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेको भन्दै सिन्धुलीमाडीको शान्ति नगर चोकमा कांग्रेस यूवा समूहले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । संसद् विघटनको निर्णय नसच्याए आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् ।

कोरोना कहरले मुलुक आक्रान्त भएको बेला सत्ताको आयू लम्ब्याउन गरिएको प्रपञ्चलाइ कदापी नस्वीकार्ने यूवाहरुको भनाइ थियो । ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

यो पनि पढ्नुहोस….

संसद विघटनविरुद्ध नेविसंघको प्रदर्शन

नेपाली कांग्रेसद्वारा राष्ट्रपतिको पुत्ला दहन

रौतहटमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन

त्रिचन्द्र अगाडि जलाइयो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला, दुई विद्यार्थी नेता प’क्राउ