रौतहटमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन

रौतहटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विरोधमा जसपा उपेन्द्र समूह र माओवादी कार्यकर्ताहरूले पुतला दहन गरेका हुन् ।

जसपा प्रदेश कमिटी सदस्य बृजकिशोर यादवको नेतृत्वमा गरुडा बजारमा पुतला दहन गरिएको हो ।

त्यसैगरी माओवादीका नन्दलाल यादवको नेतृत्वमा शुकदेव चोक र राजपुर भेडियाही चोकमा पनि पुतला दहन गरिएको छ ।

यो पनि पढ्नुहोस….

संसद विघटनविरुद्ध नेविसंघको प्रदर्शन

नेपाली कांग्रेसद्वारा राष्ट्रपतिको पुत्ला दहन

त्रिचन्द्र अगाडि जलाइयो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला, दुई विद्यार्थी नेता प’क्राउ